२९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले लिनु पर्ने बताएका छन्। आज प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले चैत १५ गते तीनकुनेमा भएको सम्पूर्ण घटनाको जिम्मा प्रधानमन्त्रीले लिनु पर्ने बताएका हुन्।
आन्दोलनकारीलाई भड्काउने उत्तेजित बनाउने काम सरकार पक्षबाटै भएको भन्दै उनले उक्त सुनियोजित घटना घटाउन अश्रुग्यास हानिएको आरोप लगाए। सांसद प्रधानले भिडलाई उत्तेजित बनाउन मञ्चमा अश्रुग्यास हानेको बताए। प्रदर्शनकारीलाई उत्तेजित गराउने काम सरकारले नै गरेको उनको भनाइ छ।
सांसद प्रधानले तीनकुने घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने समेत बताए।