राजनीति

शिक्षकहरुको पक्षमा कांग्रेसः सात बुँदे प्रस्ताव सहित तत्काल कदम चाल्न महामन्त्री शर्माको सुझाव

२९ चैत, दाङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी अधिवेशन संसदको पहिलो दिन नै शिक्षकका मुद्दाहरू उठाउन सहमति खोज्नुपर्ने बताएका छन्।

२० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा भइरहेका आन्दोलनप्रति संवेदनशील बन्नुपर्ने भन्दै उनले सात बुँदे प्रस्तावसमेत प्रस्तुत गरे। दाङमा भएको कांग्रेस कार्यक्रममा शर्माले भने, “अध्यादेशमार्फत शिक्षकका मागहरू पुरा गर्दा संवैधानिक प्रश्न उठ्ने हुनाले विधेयक संसद्मै पेश गर्नुपर्ने हो।”

शर्माले थप जनाए, “थप १ महिना प्रक्रियामा लागे पनि फरक पर्दैन, तर विधेयकलाई पहिलो अधिवेशनमै पेश गर्नु उपयुक्त हुनेछ।” यसै सन्दर्भमा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि तत्काल कदम चाल्न आग्रह गरेका छन्।