२९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री र प्रधानमन्त्रीलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। समाजिक सञ्जालमार्फत शाहीले सबिन महर्जन हत्याकाण्डमा संलग्नलाई कारवाही गर्न माग गरेका छन्।
“संसदमा बोलाउने नै भए बोलाउँ, हत्यारालाई मुद्दा चलाउँ,” भन्दै शाहीले सरकारमाथि कडा प्रहार गरेका छन्।
शाहीले सत्ता, भ्रष्टाचार र आपराधिक संरचनाविरुद्ध आवाज उठाउँदै लेखेका छन्,
गृहमन्त्रीज्यू प्रधानमन्त्रीज्यू।।।।।।।।।।।।।।
संसदमा बोलाउने नै भए बोलाउँ।
सबिन महर्जनका हत्यारालाई मुद्दा चलाउँ।।
टाउकोको मूल्य तोक्नेलाई।
टाउकोको मूल्य तोकाइ पाउनेलाई,
झापामा किसानको टाउको गिडनेलाई,
५ हजार हत्याको जिम्मा लिनेलाई,
सत्तामा बसेर जंगलमा पसेर
गरिबका छोराछोरी मार्ने
उद्योग चलाउने लाई।।
