२९ चैत, काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले संस्थागत अस्तव्यस्तता कायम राखेर उपदेश दिदै हिड्नुको कुनैं औचित्य छैन भनेका छन् । उनले राजनीतिक दलका केही नेताहरुलाई लाग्दो रहेछ, म यति ठाउँ प्रमुख अतिथि भएँ, यो महिना यतिवटा सभालाई सम्बोधन गरें, मेरा समाचारहरु छ्याप्छ्यापति छन् र मलाई त भ्याइनभ्याई पो छ। त्यसैले म अरुभन्दा गतिलो र अब्बल छु भन्ने काँग्रेस नेताहरूमा परिपाटी रहेको भन्दै संस्थागत “मिसन”, योजना, कार्यक्रम र त्यसलाई हाँसिल गर्नसक्ने सामर्थ्य छैन भने जतिसुकै बिचार राखेपनि त्यो निरर्थक रहेको बताएका छन् ।
उनले संस्थागत अस्तव्यस्तता कायम राखेर उपदेश दिदै हिड्नुको कुनैं औचित्य छैन भन्ने ठोकुवा गरेका छन् । नेपाली काँग्रेसका पार्टी कार्यकर्ताको भाबना नबुझी देशभर भाषणमात्र गरी हिँड्ने नेताहरुलाई सँकेत गरी उक्त उनले सामाजिक सँजालमा लेख्दै उक्त कुरा बताएका हुन् ।
उनको भनाई:
राजनीतिक दलका केही नेताहरुलाई लाग्दो रहेछ, म यति ठाउँ प्रमुख अतिथि भएँ, यो महिना यतिवटा सभालाई सम्बोधन गरें, मेरा समाचारहरु छ्याप्छ्यापति छन् र मलाई त भ्याइनभ्याई पो छ। त्यसैले म अरुभन्दा गतिलो र अब्बल छु। राजनीतिको सामान्य सिद्धान्त केहो भने आफु बसेको समाज र देशका लागि तपाईंसँग संस्थागत “मिसन”,योजना, कार्यक्रम र त्यसलाई हासिल गर्नसक्ने सामर्थ्य छैन भने जतिसुकै बिचार राखेपनि त्यो निरर्थक छ। जब तपाईं संस्था र त्यसका सदस्यहरुलाई चित्तबुझ्दो परिणाम र उपलब्धि दिन सक्नुहुन्न भने सक्रियता र दौडधुपको कुनैं अर्थ छैन। संस्थागत अस्तव्यस्तता कायम राखेर उपदेश दिदै हिड्नुको कुनैं औचित्य छैन।यदि राजनीतिले उचित र सार्थक परिणाम दिदैन भने त्यो राजनीतिक व्यापार मात्र हो।अहिलेको कटु वास्तविकता यही हो।
