३० चैत, काठमाडौं । सरकार र शिक्षक महासंघबीच पछिल्ला दुई दिनमा भएका वार्ताले केही सहमतिको संकेत दिएको छ । सरकारले मन्त्रिपरिषद् र मन्त्रालय स्तरबाट गर्न सकिने निर्णयहरू लागू गर्ने तयारी देखाए पनि शिक्षकहरूले आन्दोलन नरोकिने बताएका छन् ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ऐन जारी नभएसम्म सडक आन्दोलन नछोड्ने स्पष्ट पारिन् । “आजसम्म शिक्षा मन्त्रालयले गर्न सक्ने कुरा पनि नगरेको, अब जे गर्न सकिन्छ त्यही गरिदिए बाँकी संसद्ले गरून्,” उनले भनिन् ।
सरकारको तर्फबाट शिक्षकमैत्री संकेत देखिए पनि, शिक्षकहरूको मुख्य माग ऐनमार्फत सम्बोधन नगरेसम्म उनीहरू आन्दोलनमा रहने अडानमा छन् ।