राजनीति

सभापति देउवाले भनेः भारतीय मुख्यमन्त्री योगी आदित्यनाथ नेपालमा राजतन्त्र आओस भन्ने पक्षमा हुनुहुन्न

३० चैत, काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे दिएको आफ्नै भनाइलाई खण्डन गरेका छन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मुख्यमन्त्री आदित्यनाथले नेपालको राजतन्त्रबारे दिल्लीस्थित नेपाली राजदूतावासमा पुगेर आफू राजसंस्थाको पक्षमा नरहेको भनेको भन्ने आफ्नै अभिव्यक्ति गलत सूचनाको आधारमा बोल्न पुगेको भन्दै खण्डन गरेका हुन्। 

आज शनिवार काठमाडौँ भएको एक कार्यक्रममा सभापति देउवाले आदित्यनाथ आफै गएर नभएर भारतका लागी नेपाली राजदूत शङ्करप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्न जाँदा उक्त कुरा बताएको स्पष्ट पारेका हुन्। 

उनले यस अघि बोल्दा गलत सूचनाको आधारमा बोल्न पुगेको स्वीकार गरे।सभापति देउवाले उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथ नेपालमा राजसंस्थाको पक्षमा नरहेको दोहोर्‍याएका छन्।