राजनीति

संविधान संशोधनमा ढिलाइ भयो भने सडकमा आक्रोश बढ्छ : बरिष्ठ नेता डा कोइराला

३० चैत, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले संविधान संशोधन प्रक्रियामा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको विषयमा अब विलम्ब गर्नु उपयुक्त नहुने बताए। “संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्छ,” डा. कोइरालाले भने, “समस्या समाधानका लागि सरकारले तत्परता देखाउनुपर्छ।”

एमालेसँगको सत्ता साझेदारी पार्टीको हित विपरित नहोस् भन्नेतर्फ पनि उनले चेतावनी दिए। पार्टी नेतृत्वले यस विषयमा गम्भीर सोच बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।