३० चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई १७ हजारको हत्यारा भनेको प्रति गुनासो गरेका छन्। आज काठमाडौँमा भएको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १७ हजारको हत्यारा भनिरहँदा एक जनालाई पनि नपिटेको जिकिर गरे।
कार्यक्रममा बोल्दै उनले जनयुद्ध आफ्नै नेतृत्वमा भएको भए पनि आफूले मार्ने त के कसैलाई नपिटेको बताए। युद्धमा मारिने कुरा युद्धकै नियम अनुसार भएको भन्दै उनले राज्यपक्ष र विद्रोही पक्षले के कति हत्या गर्यो भन्ने कुरा अध्ययन गर्न सकिने विषय भएको बताए।
आफ्नो पार्टी शान्तिप्रक्रियामा आएपछि आफूले सम्पूर्ण घटनाको जिम्मा लिने भनिसकेको अध्यक्ष दाहालको भनाइ छ। आफूमाथि यसप्रकारको गम्भीर आरोप लागिरहँदा कार्यकर्ताबाट कुनै प्रतिकार नभएको उनले बताए।
इतिहासलाई पछाडी फर्काउन खोज्ने तत्त्वहरूले यस्तो आरोप लगाएको लगाएको अध्यक्ष दाहालको भनाइ छ।