३० चैत, जोहानेसबर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकाले श्वेत विरोधी अपराध गरेको आरोप दोहो¥याउँदै सामाजिक सञ्जालमार्फत् संप्रेषित एक पोस्टमा उक्त देशमा आयोजना हुने जी–२० सम्मेलन बहिस्कार गर्ने बताएका हुन् । उनको यो भनाइले दक्षिण अफ्रिकाको कट्टरपन्थी अफ्रिकन नेशनल पार्टीलाई आक्रोशित बनाएको छ ।
दक्षिण अफ्रिकाविरुद्ध नयाँ प्रहार गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार राति आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा ‘नरसंहार’मा मारिएका गोरा किसानहरूबाट खेतीयोग्य जमिन जफत गरिएको ‘निराधार दाबी’ दोहोर्याएका हुन् ।
“के हामी जी–२० का लागि यहीँ हुन चाहन्छौं ? मलाई त्यस्तो लाग्दैन१“ उनको पोस्टमा लेखिएको छ।
दक्षिण अफ्रिकाले यस वर्षको जी–२० समूहको प्रमुख अर्थतन्त्रको अध्यक्षता गरेको छ र नोभेम्बरमा यसको वार्षिक नेताहरूको शिखर सम्मेलनको आयोजना गरेको छ ।
ट्रम्पको चुनाबी अभियानमा त्यहाँका अश्वेत नागरिकमाथि लगाइएको आरोपका कारण ट्रम्प प्रशासनको दक्षिण अफ्रिकासँगको सम्बन्धमा दरार आएको छ । उनले प्रिटोरियालाई बारम्बार श्वेत विरोधी नीतिहरूको आरोप लगाउँदै आएका छन् ।
शिखर सम्मेलनमा भाग नलिने ट्रम्पको सुझावबारे सोधिएको प्रश्नमा राष्ट्रपति सिरिल रामाफोसाका प्रवक्ताले भने, “हामीले अब कुनै पनि हालतमा उहाँ सहभागी हुने अपेक्षा गरेका थिएनौँ ।”
ट्रम्पको पोस्टमा सानो, अति वामपन्थी विपक्षी इकोनोमिक फ्रिडम फाइटर इएफएफ पार्टीका नेता जुलियस मालेमाले भूमि कब्जा गर्ने र हत्यालाई ‘क्रान्तिकारी कार्य’ को रूपमा बयान दिएको भिडियो क्लिपहरू समावेश छन्।
ट्रम्पले विभिन्न देशमाथि सामानको आयातमा अतिरिक्त शुल्कको घोषणा गरेपछि ‘आफ्ना विश्वव्यापी समकक्षीहरूको सामना गर्नबाट बच्न’ यसलाई बहानाको रूपमा प्रयोग गरिरहेको पार्टीले शनिबार जनाएको छ।
“यो स्पष्ट छ कि उहाँ आफ्नो अपमानजनक कर स्टन्टबाजीका कारण आफ्ना समकक्षीहरूको सामना गर्न डराउछन्,” अमेरिकी राष्ट्रपतिलाई ‘आर्थिक नरसंहार’ गरेकोको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ।
सशस्त्र लडाकु दस्ता भएको समाजवादबाट प्रेरित यो पार्टीले एक वर्षअघिको निर्वाचनमा १० प्रतिशत मत प्राप्त गरेको थियो । यसले क्षतिपूर्ति बिना जग्गा जफत गरेर खानी र बैङ्कहरूको संवैधानिक माध्यमबाट राष्ट्रियकरण गरेर ‘आर्थिक मुक्ति’ को आन्दोलनको लागि प्रोत्साहन गर्छ।
दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य भएको ३० वर्षपछि पनि ७० प्रतिशतभन्दा बढी व्यावसायिक खेतीयोग्य जमिन श्वेत अल्पसङ्ख्यकहरूको हातमा रहेको अवस्थामा भूमि सुधार एउटा गम्भीर मुद्दा हो ।
दक्षिण अफ्रिकाको सरकारले जग्गा जफत गर्ने आफ्नो कुनै मनसाय नरहेको र कसैलाई पनि जफत नगरिएको र राष्ट्रपति ट्रम्पको ‘श्वेत नरसंहार’ को आरोप अति दक्षिणपन्थी लबीहरूको निराधार दाबीसँग मेल खाने बताएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि गत फेब्रुअरीमा दक्षिण अफ्रिकामा भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिएका थिएनन् ।