राजनीति

चितवन पुगेर अध्यक्ष दाहालले भने: नयाँ घटनाक्रम विकसित भएकाले नयाँ वर्षमा नयाँ सरकार बन्न सक्छ 

३१ चैत, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले याँ घटनाक्रमहरू विकसित भएको कारण नयाँ वर्ष लागेसँगै नयाँ सरकार बन्न सक्ने बताएका छन्। आज चितवन पुगेर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले नेतृत्वको सरकार बदलिने सङ्केत गरेका हुन्। 

अध्यक्ष दाहालले देशमा नयाँ घटनाक्रमहरू विकसित भएको आफूलाई महसुस भएको बताए । अहिलेको घटनाक्रमले वर्तमान सरकार धेरै अगाडी जान नसक्ने उनको भनाई थियो। नयाँ घटनाक्रमले यो सरकारप्रति जना आक्रोस बढेको दाहालले दाबी गरे। सरकारमा रहेका झन्डै सबै राजनीतिक दलहरू नै सडकमा आउने अवस्था रहेकाले नयाँ वर्षले केही नयाँ घटनाक्रमको विकाश गर्ने अध्यक्ष दाहालको सङ्केत थियो। 

केही दिन अघि मात्रै एक टेलिभिजन अन्तरवार्तामा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्छ भने आफ्नो पार्टी सरकारमा गएर होस् या सरकार बाहिर बसेर होस् समर्थन गर्ने उनले बताएका थिए। अध्यक्ष दाहालले ८४ को निर्वाचनसम्म आफू प्रधानमन्त्रीको लाइनमा नरहेको यस अघि नै बताइसकेका छन्।