३१ चैत, काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो।
आज आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । गत शुक्रवार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
केही दिन देखि सुनको मूल्य लगातार बढिरहेको छ। आज कायम भएको मूल्य अहिलेसम्मकै उच्च हो।
त्यसै गरीचाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रवार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।