राजनीति

२०८२ सालकाे शुभकामना दिँदै पूर्व राजाले भने: विश्वकै उत्कृष्ट भूमिमा जनतालाई बाँच्न गाह्रो भई बिदेश जाने अवस्थामा आयाे

३१ चैत, काठमाडौँ । गत चैत १५ गते भएको तीनकुनेको हिंसात्मक घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा उनले आज एक भिडियो सन्देश जारी गर्दै तीनकुनेमा भएको मानवीय तथा धनजनको क्षति प्रति गहिरो दुख व्यक्त गरेका हुन्। 

‘केही दिन अघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी तोडफोड भयो त्यसबाट जुन प्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अन्त्यतै दुख लाग्यो’ उनले भनेका छन्।

 उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो  तन्त्र वा वाद नहुने भन्दै, ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ,’ भनेका छन्। नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता पैसा भएको भन्दै त्यसलाई सकारात्मक रूपमा लिएको पूर्व राजाको भनाइ छ। 

 उनले २०८२ सालमा जनताले चाहेको कुरा पुरा हुँदै जानेमा विश्वास समेत व्यक्त गरे।  आस्था राख्न पाउनु प्रजातन्त्रको सबैभन्दा ठूलो विशेषता र बाद भएको बताउँदै वाद वा विचारमा भन्दा देशको स्वाधीनता र सम्प्रभूतामा लाग्न नेपाली जनतालाई आग्रह गरेका छन् ।
उनले आर्थिक रुपमा मुलुकमा भएको आर्थिक मन्दीको अन्त्यका लागि सबै लाग्नुपर्ने उनले शुभकामना सन्देशमा बताएका छन् । प्रजातन्त्रमा सबैको विचार सुन्नुपर्ने, आलोचना भए सहनुपर्ने भन्दै उनले गुनगान वा सबै प्रकारका जनताका कुरा सुन्नुपर्ने भन्दै देशको चिन्ताका बिषयमा भएका पछिल्लो समयका जनताका चिन्ता र चासोको बिषयमा सकारात्मक कदमका रुपमा लिएका छन् ।
उनले बहुदलीय प्रजातन्त्र र संबैधानिक राजसँस्थाको बिषयमा आफूहरु सधैं दृढ रहेको भन्दै पृथ्वीनारायण शाहको दिब्योपदेश अनुसार अगाडी बढ्नुपर्ने बताए ।