शिक्षा

शिक्षक महासंघ र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता जारी

३१ चैत, काठमाडौँ । शिक्षा मन्त्रालयमा सरकार र शिक्षक महासंघको वार्ता एक घण्टादेखि जारी छ।

स्रोतको अनुसार सहमतिको प्रयास भइरहेको छ र गत बिहीबारदेखि निरन्तर वार्ता चलिरहेको छ।

सरकार र महासंघबीच सेवा सुविधा र ऐनको मसौदामा सहमति ल्याउने प्रयास भइरहेको छ। महासंघले ऐन जारी गर्ने सुनिश्चितता खोजिरहेको छ भने सरकार वार्तामा लचकता देखाउँदै छ।