शिक्षा

शिक्षा विधेयक पारित गर्ने तयारीमा सरकार- प्रधानमन्त्री ओलीले दिए सुधारको संकेत

१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले शिक्षा क्षेत्रमा बजेट बढाएर विद्यालय शिक्षा विधेयक २०८१ पारित गर्न सरकार तयार रहेको बताएका छन् ।

नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान सुरु भएको जनाउँदै उनले सबै बालबालिकालाई स्कुलमा ल्याउने प्रतिबद्धता गरेका छन् । “शिक्षा नै गरिबी हटाउने उपाय हो,” भन्दै ओलीले गुणस्तर सुधार र टिकाउ दर बढाउन अझै काम गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दीगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छ ।’

शिक्षालाई सीप, प्रविधि र रोजगारीसँग जोड्ने योजना सुनाउँदै, तीनै तहको सरकार मिलेर विधेयक अघि बढाउने संकेत प्रधानमन्त्रीले दिएका छन्।