समाचार

तीनकुने झडप :  रवीन्द्र र धवल बयान सरकारी वकिलको कार्यालयमा सुरु

२ वैशाख, काठमाडौँ । चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद डा। धवल शमशेर राणाको बयान प्रक्रिया अघि बढाइएको छ।

मंगलबार पनि उनीहरूलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएका हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सरकारी वकिलमार्फत दुवै नेताको बयान लिने कार्य सुरु भइसकेको छ।

तीनकुनेमा भएको झडपसँग सम्बन्धित अनुसन्धानको सिलसिलामा बयान लिने कार्य तीव्र पारिएको छ।