२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनमा रहेका शिक्षकहरूप्रति गम्भीर ध्यान दिँदै सरकारलाई तुरुन्त कदम चाल्न आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै, उनले शिक्षकको आन्दोलनलाई लम्बिन नदिई शिक्षालय फर्काउने बाटो खोल्न सुझाव दिएका छन्।
खड्काले दुई प्रमुख बुँदामा सरकारलाई मार्ग देखाएका छन् :
१. कानुनी रुपमा मन्त्रीपरिषदकाे निर्णयबाट संबाेधन गर्न मिल्ने बिषयहरुलाई तत्काल निर्णय गरि टुङ्गाे लगाउने !
२. संसदमा छलफलमा रहेकाे बिध्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसंग बिगतमा भएकाे सहमतिलाई केन्द्रमा राखि बाँकि कुरा सहमतिकाे आधारमा मिलाएर अब चाडै बस्ने संघियसंसदकाे बजेट अधिबेशनबाट टुङ्गाे लगाउने गरि सहमति गर्ने !
उनले लेखेका छन् :
