सामाजिक सञ्जाल

संसद् अधिवेशन छिटो बोलाउनुको कारण शिक्षा ऐन छिटो पास गराउन सहज होस भनेर हो : महासचिव पोखरेल 

३ वैशाख, काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संसद्को अधिवेशन  शिक्षा ऐन छिटो पास गराउन सहज होस भनेर छिटो बोलाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटसमार्फत उनले यस्तो बताएका हुन्। 

महासचिव पोखरेलले आफ्ना माग बजेटमार्फत सम्बोधन गर्नेगरी वार्तामा सहभागी हुन आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेका छन्। आफ्ना माग बजेटमा समावेश गर्दै विद्यालय सञ्चालनमा जुट्नु पर्ने महासचिव पोखरेको भनाइ छ। 

उनले भनेका छन्,’संसद् अधिवेशन छिटो बोलाउनुको अर्थ विद्यालय शिक्षा ऐन छिटो पास गर्न सहज होस् भन्ने पनि हो । अब शिक्षकहरूले आफ्ना मागहरूलाई बजेटमार्फत संशोधन गर्नेगरी वार्तामा संलग्न हुँदै विद्यालय सञ्चालनमा जुट्नु पर्दछ ।’