३ वैशाख, इस्लामाबाद । पाकिस्तानका स्वास्थ्य सेवा, नियमावली तथा समन्वय राज्यमन्त्री मलिक मुख्तार अहमद भारथले देशले प्राथमिक स्वास्थ्य प्रणालीलाई सुधार गर्न विभिन्न कदम चालेको बताएका छन् ।
“स्वास्थ्य प्रणालीको डिजिटलीकरणको बारेमा उहाँले प्राथमिक स्वास्थ्य सेवामा डेटा व्यवस्थापन र टेलिमेडिसिनका लागि डिजिटल प्रविधिहरूको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । यसले पाकिस्तानको दिगो स्वास्थ्य प्रणालीको आधार तयार पार्छ ।”
उनले सरकारले समान र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको बताए ।
“हाम्रो नयाँ स्वास्थ्य र जनसङ्ख्या नीतिका अनुसार हामी सरकारको स्वास्थ्य खर्चलाई सकल घरेलु उत्पादनको एक प्रतिशतबाट ३ प्रतिशतमा बढाउने र प्राथमिक स्वास्थ्य सेवामा सुधार ल्याउने योजना बनाएका छौं,” मन्त्रीले भने ।
सरकार पोलियो, क्षयरोग, हेपाटाइटिस सि र अन्य सङ्क्रामक रोगहरूको उन्मूलनका लागि थुप्रै पहलहरू अघि बढाइएको मन्त्रीले बताए ।