सामाजिक सञ्जाल

शिक्षकको माग सम्बोधनमा ढिलाइ हुँदा शिक्षकहरूको अपमान र लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भयो: सांसद डा. शर्मा 

३ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल कुमार शर्माले शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।  आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सरकारलाई यस्तो आग्रह गरेका हुन्। 

सांसद डा. शर्माले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर यसै पनि कमजोर भइरहेको बेला १५ दिन देखि चलिरहेको आन्दोलन अन्त्य गर्नेतर्फ सरकारको ध्यान नजाँदा शिक्षकहरूको अपमान र लाखौँ विद्यार्थीहरूको भविष्य माथि खेलबाड भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्। तत्काल माग सम्बोधन गरेर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई सांसद शर्माको आग्रह छ। 

शिक्षकहरूको माग सम्बोधन गर्न गम्भीरतापूर्वक छलफल गर्न ढिला गर्न नहुने उनको भनाइ छ।उनले विद्यालय शिक्षा ऐन जारी गर्नको लागी संसदमा कस्तो भूमिका खेल्नु गर्नु पर्ने हो त्यसको लागी आफू तयार रहेको उल्लेख गरेका छन् । 

सरकारले गुरुहरुलाई तत्काल विद्यालय पठाउने वातावरण बनाउन आवश्यक कदम चाल्न ढिला गर्न नहुने उनको भनाइ छ।