४ वैशाख, रुपन्देही। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी र बिचौलिया दलाललाई बचाउन बनेको सरकार रहेको आरोप लगाएका छन्।
आज रुपन्देहीमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
अध्यक्ष दाहालले आफूले संसद्मा विश्वासको मत लिने बेला संविधान अनुसार ठुलो दलको हिसाबले नेपाली काँग्रेसको नेतृत्वमा सराकार बन्नु पर्ने भनेको स्मरण गरे। ‘संविधानको धारा ७६ (३) अनुसार ठुलो दलको हैसियतले काँग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने हो’ उनले भने।
यो सरकार अपारदर्शी र षडयन्त्रको सरकार भएको अध्यक्ष दाहालको भनाइ छ।