समाचार

रास्वपाको सहमहामन्त्री पदबाट सुमनाले दिइन राजीनामा, केन्द्रीय समिति बैठकले गर्ला त स्वीकृत ?

४ वैशाख, काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सह महामन्त्री सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएकी छन्। उनले पार्टीमा एक पद एक व्यक्तिको अवधारणा लागु गर्न सहमहामन्त्री पदबाट राजीनामा दिएको बताइएको  छ। 

रास्वपाले एक व्यक्ति एक पद भन्ने अवधारणा ल्याएपनि कार्यान्वयन भने हुन सकेको छैन।  सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा आउनसाथ पुनः कारागार चलान भएपछि रास्वपाका कयौँ विषय ओझेलमा परेका छन्। पार्टीमा एक व्यक्ति एक पदको नीति माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने विषय रास्वपामा उठ्दै आएको छ। तर पार्टी नेतृत्वमा उत्तरचढ़ाप देखिएपछि अन्योल बनेको हो। 

उनले पार्टी सभापति लामिछाने औपचारिक रूपमा जिम्मेवारीमा फर्किएको दिन नै राजीनामा बुझाएको बताइएको । तर आज मात्रै यस विषय बाहिर आएको हो। आज रास्वपाको केन्द्रीय समिति बैठक बस्दै छ। सुमनाको राजीनामाबारे  छलफल हुने बुझिएको छ।