४ वैशाख, काठमाडौँ । आज सुनको भाउले नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ। तोलामा तीन हजार छ सयले बढेर तोलामा १ लाख ९० हजार छ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ८७ हजार रुपैयाँ थियो । अमेरिका र चीनबिच व्यापारिक युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको हो ।