समाचार

च्यासलदेखि बालकुमारी पुलसम्म कवाडी सङ्कलन केन्द्रमा महानगरको डोजर चल्यो 

४ वैशाख, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आज कवाडी सङ्कलन केन्द्रमा डोजर लगाएर हटाएको  छ। नगर प्रहरीको बाक्लो उपस्थितिमा च्यासल पुलदेखि बालकुमारी पुलसम्मको कवाडी सङ्कलन केन्द्रमा डोजर लगाको हो। 

कवाडी हटाउने क्रममा डोजरमाथि ढुङ्गा हानिएको छ। ढुङ्गा लागेर डोजरको सिसा फुटेको छ भने दुई जनालाई पक्राउ गरिएको छ। 

यस अघि पटक पटक सूचना दिँदा पनि कवाडी व्यवसायीहरूले  अटेर गरेपछि डोजर चलाइएको महानगरले बताएको छ। 

महानगरले अव्यवस्थित स्थानहरूमा अग्रिम सूचना दिएर हट्न आग्रह गर्दै आएको छ तर अटेर गरेपछि महानगर प्रहरीको बलमा हटाउने गरेको घटनाहरू धेरै छन्। सोही क्रममा आज पनि महानगरले कवाडी सङ्कलन केन्द्रमा डोजर लगाएर हटाएको हो।