समाचार

ललितानिवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै 

४ वैशाख, काठमाडौँ ।  ललितानिवास जग्गा प्रकरणमा आरोप लागेका पूर्वप्रधानमन्त्री माधव नेपाल र डा बाबुराम भट्टराईलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारे  फैसला गर्न आज इजलास बस्ने भएको छ। उनीहरूलाई मुद्दा चलाउनु पर्ने भन्दै दायर भएको रिटमाथि  सुनुवाइ हुन लागेको हो। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पाण्डेसहितको इजलासमा पेशी तोकिएको हो। उक्त मुद्दामा  पूर्व मुख्य सचिव लीलामणि पौडेललगायत प्रधानमन्त्रीको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर भएको थियो। 

उक्त मुद्दा यसअघि सुनुवाइ भएर हेर्न नमिल्नेमा राखिएको थियो। पूर्व प्रधानमन्त्री द्वयलगायतलाई मुद्दा चलाउने कि नचलाउने भन्नेबारे अब पूर्ण इजलासले निर्णय गर्ने छ।