समाचार

राम बहादुर बम्जन बाल यौन दुरुपयोग मुद्दामा पाए सफाइ

४ बैशाख, काठमाडौं । बाल यौन दुरुपयोगको अभियोगमा १० वर्ष कैद सजाय पाएका राम बहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाइ दिएको छ।

न्यायाधीश खेमराज भट्ट र नरिश्रर भण्डारीको संयुक्त इजलासले बम्जनलाई दोषमुक्त ठहर गरेको हो।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा उनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो।