समाचार

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको लेखा उपसमितिको ठहर,महानिर्देशकलाई निलम्बन गर्नु पर्ने सुझाव पेस 

४ वैशाख, काठमाडौँ । संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थल निर्माण सम्पन्न हुँदासम्मको काममा संलग्नहरूमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । 

प्रतिनिधि सभा सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले पोखरा विमानस्थल निर्माण गर्दा नीतिगत आवरणमा व्यापक भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो । 

लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले निर्माण सम्पन्न हुने बेलासम्मका सम्पूर्ण संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनु पर्ने सुझाव पेस गरेको हो। 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन उपसमितिले सिफारिस समेत गरेको छ । समितिले तत्काल छानबिन प्रक्रिया अघि बढाउनु पर्ने सुझाव समितिमा पेस गरेको हो।