४ वैशाख, काठमाडौँ । झापाबाट पक्राउ परेका चार जना भुटानी शरणार्थीलाई नेपालबाट निकाला नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो ।
उनीहरू भुटानबाट निकालिए पछि नेपाल प्रवेश गरेका थिए। उनीहरूले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दिएका थिए ।
उक्त निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । न्यायाधीश हरि फुयालको इजलासले उनीहरूलाई नेपालबाट निष्कासन नगर्नु भनी सरकारको नाममा आदेश गरेको हो।