४ चैत, काठमाडौँ ।ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्धको रिट हेर्दाहेर्दैमा रहेको छ।
आज बिहीबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र नित्यानन्द पाण्डेय रहेको पूर्ण इजलासमा भएको बहसपछि हेर्दाहेर्दैमा राखिएको हो।
ललिता निवास जग्गा प्रकरणमा भट्टराई र नेपाललाई पनि मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ले २०७६ माघ २९ मा रिट दायर गरेका थिए। यस अघि चै त् ७ गते पनि बहस सकिएर हेर्दाहेर्दैमा राखिएको थियो।
उक्त मुद्दामा पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाल सहित पूर्व मुख्य सचिव लीलामणि पौडेल साथै प्रधानमन्त्रीको कार्यालयलाई विपक्ष बनाइएको थियो।