शिक्षा

सरकार गम्भीर नभएको आरोप लगाउँदै महासंघले भन्योः माग पुरा नभएर सम्म आन्दोलन रोकिन्न

४ वैशाख, काठमाडौँ । शिक्षा ऐनबारे सरकारबाट स्पष्ट आश्वासन नआएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ।

महासंघले आजको बैठकमा आन्दोलनलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। उनका अनुसार, सरकारले विधेयक ल्याउने विश्वास दिलाउन नसकेकाले शिक्षकहरू अझ ठूलो रूपमा काठमाडौँ आउनेछन्।

१६ दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरू रित्तो हात फर्काउने सरकारको प्रयास सफल नहुने चेतावनी दिँदै उनले भनिन्, “विद्यालय अब खाली हुनेछन्, सरकार तयार रहोस्।”