राजनीति

सुमना श्रेष्ठको खुलासा : सहमहामन्त्री पदबाट दुई हप्ता अगाडि नै राजीनामा बुझाएको हुँ

४ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद् सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि सहमहामन्त्री पदबाट दुई हप्ता अगाडि राजीनामा दिएको खुलासा गरेकी छन्।

उनले स्पष्ट पारेकी छन् कि उनले पार्टीबाट राजीनामा दिएको होइन, केवल केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा बुझाएको हो।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुमना श्रेष्ठले भनिन्,”मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केवल केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि बुझाएको हुँ।” उनले थप जानकारी दिँदै भनिन् कि रवि लामिछाने सभापति पदमा फर्किएका दिन उनीसँग भेटेर राजीनामा बुझाएकी थिइन्।