आर्थिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कद्वारा आठ जना शेयर धनीहरूको शेयर बिक्री गर्दै, ३५ दिनभित्र निवेदन दिन आग्रह 

५ वैशाख, काठमाडौँ। नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडले ८ जना संस्थापक शेयर धनीहरूको शेयर बिक्री गर्ने भएको छ। बैङ्कले आफ्ना संस्थापकहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर विद्यमान संस्थापक शेयर धनीहरूलाई नै बिक्री गर्न ३५ दिनको सूचना जारी गरेको हो। 

शेयर खरिद गर्न इच्छुक शेयर धनीहरूले सम्पूर्ण विवरण खुलाइ ३५ दिनभित्र लाजिम्पाटस्थित बैङ्कको शेयर शाखामा निवेदन दिन आग्रह गरेको छ। 

बैङ्कका अनुसार सो समय भित्र शेयर खरिदको लागी निवेदन नआएमा उक्त शेयर सर्वसाधारणको लागी खुल्ला गरिने छ।