५ वैशाख, पोखरा गृहमन्त्री रमेश लेखकले पूर्वराजा वा अन्य कुनै समूहबाट संविधान र व्यवस्थामाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्। ठुलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्नु आजको मुख्य जिम्मेवारी रहेको भन्दै संविधान विरोधी गतिविधि क्षम्य नहुने बताएका हुन्।
आज पोखरामा भएको एक कार्यक्रम गृहमन्त्री लेखेकाले यस्तो बताएका हुन्।
उनले संविधानमा भएका विषयमा संशोधन गर्न सकिने तर पश्चगामी बनाउन नसकिने बताए। सहमतिको आधारमा संविधानलाई परिवर्तन गर्दै जना सकिने गृहमन्त्री लेखकको भनाइ छ।
अहिलेको दायित्व भनेको संविधान विरोधी गतिविधिलाई निस्तेज पार्ने रहेको र त्यसतर्फ सबैको ध्यान जानु पर्ने उनले बताए।