राजनीति

निजामती कर्मचारीमा अतिरिक्त सचिव पद आवश्यक छैन : प्रमुख सचेतक पाण्डे 

५ वैशाख, काठमाडौँ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामती कर्मचारी क्षेत्रमा अतिरिक्त सचिव थपेर खर्च बढाउने काम गर्न नहुने बताएका छन्।

 आज बसेको प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले जनताले काम ढिलो भयो भनेर गुनासो गरिरहेको बताउँदै अतिरिक्त सचिव थपेर राज्यलाई आर्थिकभार मात्रै हुने बताएका हुन्। 

प्रमुख सचेतक पाण्डेले विगतमा पनि अनावश्यक भएको भन्दै उक्त  पद हटाएको उल्लेख गर्दै उनले फेरी ब्युँताउन नहुने धारणा राखे। पञ्चायतकालमा १० वर्षको छोटो अवधि परीक्षण गरिएको अतिरिक्त सचिव पद अहिलेको अवस्थामा जरुरी नभएको उनको भनाइ छ।