५ वैशाख, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले निजामती कर्मचारीहरूको माग तुरुन्तै सम्बोधन गर्नु पर्ने बताएका छन्। आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले कर्मचारीहरूलाई सडकमा जान बाध्य पार्न नहुने बताएका हुन्।
महामन्त्री शर्माले सडकमा शिक्षकहरूको आन्दोलन यहाँ आउँदा निजामती कर्मचारीहरूको आन्दोलन चलिरहेकोले चाडै नै ऐन बनाएर कर्मचारीहरूको माग सम्बोधन गर्नु पर्ने धारणा राखे । बैठकमा निजामती कर्मचारी ऐन सम्बन्धी छलफल चलिरहेको समयमा कर्मचारी ट्रेड युनियनका नेताहरूले ऐन जारी गर्न दबाब दिन भन्दै धर्नामा बसेका थिए।
सोही प्रसङ्गमा महामन्त्री शर्माले शिक्षकलाई जस्तै निजामती कर्मचारीहरूलाई सडकमा जाने वातावरण नबनाउन सरकारलाई आग्रह गरेका हुन्।