समाचार

संविधान विरोधी गतिविधि गर्न कसैलाई छुट छैन : गृहमन्त्री लेखक 

५ वैशाख, पोखरा ।  गृहमन्त्री रमेश लेखकले वर्तमान संविधान भित्र बसेर आफ्ना गतिविधि गर्न सबैलाई आग्रह गरेका छन्।  आज पोखरामा भएको सुरक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक प्रणाली भित्र बसेर विरोधका कार्यक्रमहरू गर्न पाउने बताएका हुन्। 

लोकतन्त्र भित्र विरोधका शान्तिपूर्ण प्रदर्शन गर्न पाइने तर संविधान विरोधी गतिविधि, हत्या हिंसा लगायतका विध्वंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए।  उनले त्यस्ता गतिविधि नगर्न सबैमा सचेत समेत गराएका छन्। 

गृहमन्त्री लेखकले जनताका गुनासा समयमै सम्बोधन गर्न आग्रह गरे।  उनले सेवाग्राहीलाई अनावश्यक दुख दिने काम नगर्न कर्मचारीहरूलाई सचेत गराएका छन्।