शिक्षा

प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच आज छलफल हुने, होला त सहमति ?

५ वैशाख, काठमाडौं । १७ औं दिन देखि आन्दोलनमा रहेका शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्री केपी ओलीबीच आज छलफल हुने भएको छ। प्रधानमन्त्री ओलीले आज आज साँझ महासंघका प्रतिनिधिसंग छलफल गर्न लागेका हुन्।

साँझ  ७ बजे  छलफल हुने बताइएको छ। महासङ्घले आफ्ना मागबारे जानकारी गराउने तयारी गरेको बुझिएको छ। शिक्षामन्त्रालय र महासङ्घ पटक पटक वार्तामा बसे पनि सहमति बन्न सकेको छैन। 

शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलनबाट पछि नहट्ने महासङ्घले बताउँदै आएको छ।  चैत २० गतेबाट महासङ्घको नेतृत्वमा भइरहेको आन्दोलन आज १७ औँ दिनसम्म पनि जारी छ।