५ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता गर्ने समय दुई दिन मात्र बाकी रहँदा दर्ता गर्न कोही नआएको बताएका छन्।
आज सञ्चारीका समूह नेपालको ९ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले तोकिएको समय सीमा भित्र दर्ता हुन नआए प्रतिबन्ध लाग्ने चेतावनी दिए।
उनले तोकिएको समयमा दर्ता हुन नआएको भन्दै सरकारलाई नै नटेरेको प्रतिक्रिया दिए। सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको उनको भनाइ छ।