आर्थिक

गभर्नर नियुक्तिमा गलत बाटो अपनाएको भन्दै डा.भट्टलाई रोक्न सर्वोच्चमा रिट दर्ता

५ वैशाख, काठमाडौँ ।  डा. गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दाबीसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकमा भट्टलाई नियुक्ति गर्ने काँग्रेस एमालेको सहमति बने पनि अदालतमा रिट दर्ता भएको हो। 

रिट निवेदन अदालतले पर्सि आइतबार पेशीमा चढाएको छ भने मापदण्ड संशोधनका सम्बन्धमा परेको रिट पनि आइतबार नै पेशीमा चढाउने तयारी भएको बताइएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रवार सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। 

 डा. भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको र राजनीतिक सहमतिको नाममा गलत बाटो अपनाइएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो।