५ वैशाख, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टीले समस्या मात्रै देखाएर छुट नपाउने बताएका छन्। आज नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अब काँग्रेसले जिम्मेवार भएर समाधान पनि दिने बताएका हुन्।
उनले नेपालमा रोजगारीको समस्या रहेको भन्दै काँग्रेसले यसबारे काम गरिरहेको बताए। उनले वैदेशिक रोजगारमा देखिएमा समस्याको बारेमा पनि गम्भीर भएर लागेको जानकारी दिए। उनले जहाँ समस्या छ त्यहाँ काँग्रेस पार्टी छ, समाधान दिन्छ भन्ने विश्वास बढाउँदै लग्नु पर्ने विचार व्यक्त गरेका हुन्।
उनले देशको विद्यमान रोजगारीको समस्यालाई समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गरेर जानु पर्ने बताए।