बाबुराम आचार्य / शिक्षक आन्दोलनले तेस्रो हप्तामा प्रवेश गरिसकेको छ । शिक्षक महासङ्घको आयोजनामा शिक्षामा निजामती कर्मचारी सरह सेवा-सुबिधा दिने ग्यारेन्टी गर्ने लगायतका माग गर्दै काठमाडौँको नयाँ बानेस्वर क्षेत्रमा आन्दोलनमा उत्रेका शिक्षकहरूले माग मात्र गरेका छैनन्, उनीहरूले १७ दिनदेखि विद्यालय स्तरको अध्ययन अध्यापनसमेत ठप्प पारेका छन् ।
विद्यालय नै लगभग बन्द भएको अवस्थामा सरकारसँग भएका पटक पटकका वार्ताहरूले शिक्षकहरूको माग पुरा गर्न नसकेका कारण आन्दोलन अहिलेसम्म स्थगित भएको छैन नि, अझै कहिलेसम्म आन्दोलन लम्बिन्छ भन्ने निश्चित हुन समेत सकेको छैन । पेसा मध्येको सबैभन्दा पवित्र पेसा हो शिक्षण, शिक्षण पेसा अवलम्बन गर्दा शिक्षकले विद्यार्थीहरूलाई के पढाउने ? के सिकाउने ? कस्ता विद्यार्थी बनाउने ? देशमा भ्रष्टाचार बढेको बढ्यै छ, देशमा बलात्कार, अशान्ति, कुशासन, गुण्डागर्दी, बेरोजगारीले सीमा नाघेको छ ।
डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, राजनीतिज्ञ, कर्मचारी, प्रहरी, सेना, कूटनीतिक व्यक्तित्व, व्यवशायी, उद्योगपति, सिकर्मी, डकर्मी, किशानलगायत सबै नागरिकसँग शिक्षकको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । शिशु कक्षा, देखी, प्राथमिक तथा निम्न माध्यमिक र माध्यमिकदेखि उच्च माध्यमिक तहसम्म शिक्षकको नाता सोझै हुन्छ भने शिक्षकको नाता घर परिवार, टोल तथा समाजसँग नै स्वाभाविक रूपमा जोडिएको हुन्छ भन्ने कुरा सामान्य सत्य नै हो । शिक्षक कस्तो हुनुपर्छ रु शिक्षक समाज, टोल र घर परिवारसँग सोझै किन जोडिन्छ भन्ने कुरा सामान्य सत्य कुरा भएका कारण त्यति विस्तृतमा बताउनुपर्ने आवश्यकता सायद नहोला । तर एउटा कुरा चैँ के भने, नेपालमा शिक्षकहरू वास्तवमा शिक्षक जस्ता हुनुहुन्न ।
उहाँहरू सबैलाई यो आरोप लगाउन त मिल्दैन तर अधिकांश शिक्षक र त्यसका अगुवा शिक्षकहरू कोही कुनै पार्टीका कर्मचारी–युनियन सङ्गठनहरूमा बसेर पढाउन सिकाउन भन्दा राजनीति गर्न व्यस्त रहने हनुमान नेता हुनुहुन्छ, त कोही नक्कली सर्टिफिकेट नियुक्ति हुनुभएका, आफ्नो जिम्मेवारीलाई नबुझ्ने, बुझी–बुझी पनि बुझ पचाउने, जग्गा दलाल, सरकारीमा पढाएर पनि निजीमा पढाउने, विदेश भ्रमणका लागि लालायित, बलात्कारमा संलग्न, भ्रष्टाचारमा संलग्नलगायतमा जोडिएका हुनुहुन्छ ।
नेपाली परम्परा अनुसार सामान्यतया चिकित्सक तथा शिक्षकहरूलाई देवताका रूपमा लिने चलन रहेको भए पनि शिक्षकहरू आर्थिकलगायतका व्यक्तिगत र पारिवारिक स्वार्थमा रहेका कारण पछिल्लो समयमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा संलग्न रहनुभएकाको गरिमा घटेको मात्र होइन हटेको छ भन्दा पनि फरक नपर्ने अवस्थाको सृजना भएको छ । शिक्षा र स्वास्थ्य लगभग पूर्ण रूपमा व्यापारीकरण दिशामा गएका कारण यो क्षेत्रमा लाग्नेहरूलाई गुरु भन्ने चलन पनि लगभग घटेको भन्दा पनि हटिसकेको देखिन्छ । शिक्षकहरूले अलिकति पनि सोचेनन्, कि १७ दिनसम्म विद्यार्थीहरू विद्यालय जान नपाएर घरमा टिकटक, फेसबुक, इन्ष्टा, युट्युब चलाएर बसेका छन्, टेलिभिजन हेरेर बसेका छन्, उनीहरूको स्कुल भोली लाग्छ कि पर्सि लाग्छ कि भनेर पर्खेर बसिरहेका छन्, कतिपयको त बानी नै बिग्रिसकेको हुनसक्छ अध्ययनतिर ।
सबैभन्दा पवित्र पेसा हो शिक्षण, शिक्षण पेसा अवलम्बन गर्दा शिक्षकले विद्यार्थीहरूलाई के पढाउने ? के सिकाउने ? कस्ता विद्यार्थी बनाउने ? देशमा भ्रष्टाचार बढेको बढ्यै छ, देशमा बलात्कार, अशान्ति, कुशासन, गुण्डागर्दी, बेरोजगारीले सीमा नाघेको छ ।
यस्तो विकराल अवस्थामा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको गुणस्तर निजीको तुलनामा त्यतिकै कमी थियो अव यस्तो आन्दोलन गरेर शिक्षा क्षेत्र नै तहसनहस पार्नाले शिक्षा क्षेत्रको अवस्थामा कस्तो असर पर्छ रु यति अपराधिक सोच नभएको भए तत्काल सोच विचार गरेर थपक्क विद्यालयमा अध्यापन गर्न जानुपर्ने हो । शिक्षकहरू नैतिकताको पाठ पढाउने मुहान हुन्, उनीहरू धन भन्दा विद्या ठुलो भनेर विद्यार्थीहरूलाई नैतिकताको पाठ पढाउने सबैभन्दा जिम्मेवार वर्ग हुन्, उनीहरू गलत बाटोमा समाज हिँड्न लागेको देखियो भने सही बाटोमा हिँडाउन प्रयत्न गर्ने सबैभन्दा ठुलो शक्ति हो शिक्षक ।
उही शिक्षक अनैतिक भएर सडक आन्दोलनमा हिँड्नु कति उपयुक्त हुन्छ ? सही शिक्षकले बुझ्न ढिला भएन र ? शिक्षक महासङ्घले विद्यालय खोले रेकर्ड राखेर कारबाही गर्ने चेतावनी दिइसकेको अवस्था थियो त्यही डरले पनि कतिपय विद्यालयहरूलाई सहभागी हुन मन नभए पनि बाध्य भएर सहभागी भएका हुन सक्छन् । याे शत् प्रतिशत सही हाे कि, ‘शिक्षकले राजनीतिक गर्नै हुन्न, उनीहरूले कुनै पनि राजनीतिक दलको सदस्यता लिनै हुन्न, शिक्षकहरूले आफू सरकारी विद्यालयमा अध्यापन गराउने हुँदा आफ्ना छोराछोरी तथा परिवारका सदस्यहरूलाई अनिवार्य रूपमा सरकारी स्कुलमै पढाउनुपर्छ, शिक्षकहरूले व्यापार व्यवशायमा जोडिन मिल्दैन’ भन्ने खाल्का योजनाहरु ल्याउने कार्य नगरे शिक्षकको इज्जत प्रतिष्ठा त माटोम मिल्छ-मिल्छ, समाजलाई खबरदारी गर्ने मुख्य संवाहकको निधन भएपछि समाज सही बाटोमा नदोहोरिन सक्छ, यही तरीकाले अगाडी बढे शिक्षँकलाइ मर्त रुपमा लिँदा अत्युङ्कती नहाेला । शिक्षक नागरिक समाजको अगुवा पनि भएकोले उनीहरूले स्वतन्त्र बसेर समाजमा भएका गलत क्रियाकलापहरूलाई हटाउने प्रयासमा लाग्नु उनीहरूको दायित्व हुन्छ, कुनैपनि स्वार्थमा लागेपछि तटस्थ भएर समाजका लागि लाग्न सक्ने अवस्था आउँदैनऽ त्यही मुख्य कारण हाे शिक्षक तटस्थ बस्नुपर्ने । सहमती भइ शान्त वातावरण हुनुपर्नेमा अहिले पिन देशभरका शिक्षकहरु काठ्माडाै अाउने र अान्दाेलनमा सहभागी हुने क्रम बढेकाे छ ।
शिक्षकले रुपैयाँ पैसा, धन दौलत र प्रतिष्ठाका लागि भन्दा पनि नितान्त भविष्यका कर्णधारहरू उत्पादनतिर लाग्नुपर्ने भए पनि उनीहरू पछिल्लो समयमा स्वार्थले ओतप्रोत पूर्ण भए, समाजका लागि काम गर्न सकेनन् भन्ने पुष्टि हुने चरणमा छन् । शिक्षकहरुले पढाएका विद्यार्थीहरु कोही भ्रष्टाचार बनेका छन्, कोही खाडी मुलुकको ५० डिग्री तापक्रममा काम गरेर नेपालमा कोही पैसा पठाएर परिवार पाल्न बाध्य छन् । यस अवस्थामा शिक्षकहरूले मन्त्री कसले बनायो ? हामीजस्ता शिक्षकले । मन्त्री कसले खुस्काउँछ ? हामी जस्ता शिक्षकले भन्ने प्रकारका राजनीतिक नारा दिएर भाइरल हुँदै शिक्षकको इज्जत प्रतिष्ठा समाप्त पार्ने बाटोमा गएको देखिन्छ । शिक्षकले तत्काल असली शिक्षक हुन आन्दोलन रोकेर, सरकारसँग हारेको अवस्था आए पनि सहेर तत्काल पढाउने, कापी काट्ने लगायतका शिक्षकका दैनिक जिम्मेवारीमा लाग्नु उपयुक्त हुन्छ । शिक्षकले सरकारसँग हारेर केही बिग्रँदैन, नैतिक मान्छेले देशलाई जिताउने हो, परिवार र आफ भन्दा समाजलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने हो, यदि धेरै अन्याय नै परेको हो नै भने शिक्षकहरूलाई दिएका सेवा सुविधाहरू परिवर्तन गर्न सकिने अन्य दबाबका कार्यक्रमहरूबाट पनि गर्न सकिन्छ । शिक्षाक कृपया तपाइहरु, तत्काल आन्दोलन रोकेर आफ्नो काममा लाग्नुहोस्, नेता-व्यापारीजस्तै देशको बद्नाम गर्नबाट बच्नुहोस्।
प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच आज छलफल हुने, होला त सहमति ?
सभामुख घिमिरेले भने: शिक्षकहरूको माग संसद्को बर्खे अधिवेशनबाट सम्बोधन गर्न सकिँदैन