समाचार

पटक-पटक स्थगित भएको आर आर क्याम्पसको स्ववियु निर्वाचन यथाशीघ्र गर्न अदालतको आदेश 

६ वैशाख, काठमाडौँ । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको यथाशीघ्र गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

चैत १६ गते निर्वाचन गर्ने भनेर मिति तोकिए पनि विभिन्न बहानामा स्थगित भएको निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । शुक्रवार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश जारी स्थगित भएको निर्वाचन छिटो गर्न आदेश दिएको हो। 

त्रिभुवन विश्वविद्यालयद्वारा जारी’स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन निर्देशिका, २०८१’ को दफा १२(८) अनुसार, स्थगित निर्वाचन १५ दिनभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर सो अवधिमा निर्वाचन मिति तोकिएको प्रमाण नदेखिएकाले अदालतले निर्वाचन नगर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतको मिति चैत/१८ निर्वाचन नगर्ने भनी गरिएको  निर्णय कार्यान्वयन नगर्नु र यथाशीघ्र निर्वाचन मिति तोकी प्रक्रिया अघि बढाउनु भन्दै  अन्तरिम आदेश जारी  गरेको हो।