६ वैशाख, काठमाडौँ । प्रहरीले गए राती तीनकुने घटनामा संलग्न थप एक व्यक्ति पक्राउ गरेको छ । प्रहरीले सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।
चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ३४ वर्षीय सिलवाललाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको हो। तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने तथा भिडलाई उकास्ने गरेको आरोपमा पक्राउ गरेको बुझिएको छ।
उक्स घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको थियो भने दुई जनाको ज्यान गएको र दर्जनौँ व्यक्ती घाइते भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानको लागी अहिलेसम्म करिब २ सय जनालाई पक्राउ गरेर घटनाको प्रकृति हेरेर हिरासतमा राख्ने र छोड्ने गर्दै आएको छ। अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भैरहहेको प्रहरीले बताएको छ।