६ वैशाख, काठमाडौँ । आन्दोलनरत शिक्षक महासङ्घले आज सवा ३ बजे आन्तरिक छलफल गर्ने भएको छ। बानेस्वरमा रहेको रत्न राज्य स्कुलमा समसामयिक विषयमा छलफल गर्ने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिएका हुन्।
अध्यक्ष सुबेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत छलफलमा सहभागी हुन राष्ट्रिय समिति, आबद्ध सम्बद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई उपस्थितिको लागि अनुरोध गरेका छन्।
शिक्षक महासङ्घ गत चैत २० गते देखि विद्यालय शिक्षा ऐनको माग गर्दै सडक आन्दोलनमा होमिएको छ। सरकारसँग विभिन्न चरणमा वार्ता भए पनि सहमति बन्न सकेको छैन। महासङ्घका प्रतिनिधिहरूले हिजो शुक्रवार राती प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुट्टाछुट्टै छलफल गरेका थिए। सोही छलफलबारे जानकारी गराउन अहिले बैठक बोलाइएको बताएको छ।