६ वैशाख, काठमाडौँ । आईसीसी यू–१९ विश्वकपका लागि एसिया क्षेत्रको छनोटका लागि नेपाल र अफगानिस्तानबिचको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकप खेल्नबाट वञ्चित बनेको छ। वर्षाका कारण खेल रद्द भएपछि दुई देशबिच अङ्क बाडे पनि नेट रन रेटमा अफगानिस्तान रहेकाले नेपाल छनोट हुन नसकेको हो।
दुवै टोलीले समान ३/३ खेल जितेका थिए। ७/७ अङ्क भए पनि अफगानिस्तान अगाडी भएको हो।
नेपाल र अफगानिस्तानबिच शनिवार बिहान ९ बजेबाट खेल हुने कार्य तालिका रहेको भए पनि बिहानभरि काठमाडौँमा परेको वर्षाका कारण मैदान खेल्न अयोग्य बनेको थियो।
प्रतियोगितामा नेपालले युएई, ओमान र हङकङलाई हराएको थियो। अफगानिस्तानले पनि यिनै टोलीलाई हराएर शीर्ष स्थानमा पुगेको थियो।