६ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। रैनादेवी छहरा घर भई हाल बुद्धनगरमा बसोबास गर्दै आएकी टिका विष्ट क्षेत्रीलाई अज्ञात समूहले लक्षित गर्दै गोली चलाएको हो।
प्रहरीका अनुसार विष्टको कम्मरको माथिल्लो भागमा गोली लागेको छ र अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय बुटवलले तत्काल अनुसन्धान सुरु गरेको छ। प्रहरीले आक्रमणको कारण र आक्रमणकारीको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।