६ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जनताले वर्तमान सरकार परिवर्तनको चाहना राखेको बताएका छन्। आज शनिवार गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले काँग्रेसले सरकारको नेतृत्व लिए आफ्नो पार्टीले समर्थन गर्ने बताएका हुन् ।
उपमहासचिव गजुरेलले केपी ओली प्रवृत्तिका कारण देश आर्थिक सामाजिक सांस्कृतिक र राजनीतिक हिसाबले असफल बन्ने खतरामा रहेको बताए। उनले उक्त प्रवृत्तिको अन्त्य गर्न ठुलो राजनीतिक दल भएको हिसाबले काँग्रेसले सरकारको नेतृत्व गर्नु पर्ने धारणा राखे।
काँग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए पनि आफ्नो पार्टी सरकारमा सहभागी नहुने जिकिर गरे। ८४ सालसम्म माओवादी पार्टी सरकारमा नजाओस् भन्ने जनचाहना रहेको उनको भनाइ छ।