६ वैशाख, काठमाडौँ । राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले नेपालमा गणतन्त्र अन्त्य हुने भन्दै तिथि मिति तोकेका छन्। उनले जुन दिन नेपालमा गणतन्त्र घोषणा गरेर मनाउने गरिन्छ,सोही दिन अन्त्य हुने ठोकुवा गरेका हुन्।
आज शनिवार काठमाडौँमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले मान्छे मर्दा पनि उसको जन्म महिना र बारमै मर्छ भन्ने भनाइ रहेको भन्दै नेपालमा गणतन्त्र पनि जेठ १५ गते नै घोषणा भएकाले ८२ सालको जेठ १५ गते नै अन्त्य हुने दाबी गरे।
उनले नेपालमा हिन्दुराज्य र राजतन्त्र फर्किएको कुरा अन्तर्राष्ट्रिय मिडियामा प्रचार भइरहेको जानकारी दिए। छिमेकी राष्ट्र भारतका मिडियामा व्यापक प्रचार भएको गुरुङको भनाइ छ।
