६ वैशाख, काठमाडौँ । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले एकजुट भई सडक उत्रिने घोषणा गरेका छन् ।
संगठनद्वारा जारी विज्ञप्तिमा संविधानअनुसार स्थानीय तहमा रहेका कर्मचारीहरूलाई आवश्यक सेवा, सुविधा र संरक्षाका लागि बारम्बार आवाज उठाइरहे पनि सरकार र सरोकारवाला निकायले बेवास्ता गर्दै आएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा सरकारले संविधानको भावना विपरीत कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाइएको छ। साथै, सञ्जालले राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका कर्मचारीको मागलाई समेटेर संसद्मा पेश गरेको प्रतिवेदनमा कुनै छलफल नगरी टेबुल नगरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।
अब देशभरका स्थानीय तहका कर्मचारी एकजुट भई सडक संघर्षमा उत्रिने को कर्मचारी सञ्जाल नेपालले घोषणा गरेका छ ।
मुख्यसचिव एकनारयण अर्यालले दिएको अभिव्यक्ति प्रति समेत गम्भिर ध्यानाकर्षण गराएको छ । अहिले शिक्षक आन्दोलन चर्कीरहको बेलामा स्थानीय तहका कर्मचारी समेत सडकमा उत्रने भएका छन् ।
स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले बिज्ञप्तिमा लेखेको छ :
संघीय निजामती सेवा विघ्येक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले अगाडी बढाइरहेका बेला सम्पुर्ण राष्ट्रसेवक कर्मचारीको मुख्य सचिव हुँ भन्ने पदयी दायित्व नै बिर्सेर स्थानीय तह र प्रदेश निजामती सेवाका कर्मचारीहरुको मनोबल गिर्ने गरी श्रीमान मुख्यसचिव एकनारयण अर्यालले दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, र मुख्य सचिवको उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दछौ ।

