समाचार

 बालुवाटारमा ओली, देउवा र दहालबिच छलफल जारी

६ वैशाख, काठमाडौँ । तीन प्रमुख दलका शीर्ष नेताहरू अहिले संक्रमणकालीन न्यायको विषयमा बालुवाटारमा छलफलमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी छन्।