समाचार

निषेधित क्षेत्र तोड्दै राप्रपा: लिङ्देनसहित शीर्ष नेताको उपस्थितिमा भोलि बिजुलीबजारमा प्रदर्शन

६ वैशाख, काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्दै काठमाडौंको बिजुलीबजारमा भोलि (आइतबार) प्रदर्शन गर्ने तयारी गरेको छ।

सामूहिक गिरफ्तारीको चेतावनी दिँदै आन्दोलनलाई नयाँ मोडमा लैजाने राप्रपाको योजना रहेको छ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देन स्वयम् सहभागी हुनेछन्। दिउँसो १२ बजे सुरु हुने कार्यक्रममा राप्रपाका शीर्ष नेता सशक्त उपस्थित रहनेछन्।

तीनकुने घटनामा पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा लगायतको रिहाइ माग गर्दै राप्रपाले चरणबद्ध आन्दोलन चर्काइरहेको छ।